डाक्टरको लापरबाहीले २२ वर्षिया सुत्केरीको मृत्‍यु, प्रहरीद्धारा पीडितपक्ष माथि हातपात, दोषी उपर कडा कारबाही र उचित क्षतिपूर्ती माग गर्दै अर्घाखाँची जिल्ला बन्दको आव्हान


 

अर्घाखाँची ब्युरो

 

सन्धिखर्क, अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखाँचीमा डाक्टरको लापरबाहीको कारण सुत्केरीको ज्यान गएको, प्रहरीले अमानविय व्यवहार गरेको भन्दै मृतकका आफन्त र स्थानीयबासिन्दाहरुले आज विहिबार अर्घाखाँची जिल्ला बन्दको आव्हान गरेका छन।

 


पीडितका आफन्तजन र स्थानीयबासिन्दा माथि एक्कासी डिएसपी सहितको प्रहरी बलले अमानविय व्यवहार गर्नुको साथै हातपात गरेको भन्दै दोषी उपर कडा कार्वाही सहित उचित क्षतिपुर्तिको माग गर्दै उनिहरुले जिल्ला बन्दको आव्हान गरेका हुन।

 


सामान्य अवस्थामा जिल्ला अस्पताल सन्धिखर्कमा भर्ना भएकी गोखुंगा ७ की २२ वर्षिया सबिता पन्थीको सुत्केरी भइसकेपछि ज्यान गएको हो ।

 


अर्घाखाँची जिल्ला बन्दको आव्हानमा जिल्लाका सम्पूर्ण व्यवसायी संघ-सस्थाले समर्थन जनाएका जारी विज्ञप्ती उल्लेख गरिएको छ ।

 


बन्दले सदरमुकाम सन्धिखर्क बिहान देखी ठप्प छ।

 


हिजो वुधवार जिल्ला अस्पताल सन्धिखर्कमा डाक्टरको लापरबाहीको कारण सुत्केरीको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयबासिन्दाले नाराबाजी गर्दै प्रदर्शन गरेपछि प्रहरी र उनीहरुबीच झडप भएको थियो ।

 

मृतकको शव अहिले सम्म अस्पतालमा नै रहेको र पिडितले उचित क्षतिपुर्ति र दोषी डाक्टर उपर कडा कार्वाही नहुन्झेल शब नबुझ्ने समेत बताएका छन।

 


पीडित आफन्त र स्थानीयबासिन्दाले नाराबाजी गर्दै प्रदर्शन गरिरहेको बेला जिल्लाबाट खटिएका डिएसपीले प्रहरी बललाई सिदा हातपात गर्न निर्देशन दिएका थिए।

 


मृतकका श्रीमान श्याम पन्थिबाट जारी गरेको विज्ञप्ती अनुसार आफन्त र स्थानीयबासिन्दा माथि हातपात गर्न ठाडो निर्देशन दिने डिएसपीले सार्वजनिक रुपमा आम माफि माग्नु पर्ने र कडा भन्दा कडा कारबाही हुनुपर्ने माग समेत गरेका छन।

 


उता सुत्केरी युवतीको ज्यान गएपनि नवजात शिशुको अवस्था सामान्य छ ।  साथै जिल्ला अस्पतालबाट प्रदान गरिने र चाहिने सम्पुर्ण उपचार गरेपनि सुत्केरी भएपछि महिलाको पाठेघर नखुम्चिएका कारण रक्तश्राव भएर महिलाको ज्यान गएको अस्पतालले जानकारी दिएको थियो।

 


यसैगरी पिडितले उचित क्षतिपुर्ति र दोषी डिएसपी लगायतका प्रहरी उपर कडा कार्वाही नभएसम्म उनिहरुले आन्दोनका जारी राख्ने भएका छन ।

 


यसैक्रममा अर्घाखाँची डट्कमका समाचार प्रमुख विनोद गैरेलाई समेत प्रहरीले हातपात गरेका छन। प्रहरी प्रशासनबाट पत्रकार माथि हातपात भएको भन्दै अर्घाखाँची डट्कमका प्रमुख मेहर सिंह के.सीले एक विज्ञप्ती जारी गरी सोको घोर निन्दा गरेका छन । सञ्चारकर्मी गैरेमाथि भएको हातपातले आम सञ्चारकर्मीलाई मर्माहत तुल्याएको भन्दै पत्रकारमाथि हातपात गर्ने कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्न स्थानीय प्रशासनसँग आग्रह गरेका छन।

 



मृतकका श्रीमान श्याम पन्थिले जारी गरेको विज्ञप्ती:

 



हार्दिक अपिल


आदरणिय जिल्लावासी आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरु हिजो बिहान मेरो श्रीमति सबिता पन्थि प्रसुति व्यथा लागेर सामान्य अवस्थामा जिल्ला अस्पताल अर्घाखाँचीमा बिहान ७ वजे भर्ना गरिएको थियो । भर्ना पश्चात करिब करिब ३० मिनेट नवित्दै सामान्य अवस्थामा सकुसल बच्चा जन्मेको कुराले म अत्यान्तै हर्सित थिए । समय वित्दै जादा बच्चाको अवस्था र बच्चाको आमाको अबस्था राम्रो भएको अस्पतालले जानाकारी दिएको तर दिउस पटक पटक रक्तश्राब भयो भनेर जानाकारी गराउदा अस्पतालका कर्मचारीवाट प्रसुती अवस्थामा रक्तश्राब भैहाल्छ भन्ने ठाडो प्रकारको जवाफ दिदा पछि दिउस १२:३० मा आकस्मीक रगतको आवश्यकता प-यो भनेर जानाकारी गराएको तर जानकारी गराएको १५ मिनेटमै प्रसुतीको ज्यान गएको भनेर जानकारी गराइयो ।

 


१५ मिनेटमै ज्यान जानुले यो अत्यान्तै अस्पतालको चरम लाहापर्वाही भएको सहजै अनुमान लगाउन सकिन्छ ।


मेरो पिडामा अहोरात्र खटिएका मेरा शुभचिन्तक, आफन्तजन र परिवारजन प्रति एक्कासी जिल्ला प्रहरी कार्यालयवाट डिएस्पी सहितको सुरक्षा टोलीले अमानविय व्यवहार गर्नुको साथै हातपात गरेकोले मलाई थप पिडा महसुस भएको छ ।

 

 यो अवस्थामा मेरा केही साथीहरु घाईते हुनुभएको छ । तसर्थ आगामी दिनहरुमा मैले जस्तै यो प्रकारको पिडा कसैले व्यहोर्न नपरोस र जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीवाट यस्तो प्रकारको लाहापर्वाही र जिल्ला प्रहरी कार्यालयवाट यो प्रकारको ज्यादतिको अन्त्यका लागी उचित क्षतिपुर्ति र दोषी उपर कडा कार्वाहीको माग गर्दै भोली आम रुपमा अर्घाखाँची वन्द सफल पारीदिनुहुन सम्पूर्ण उद्यमी व्यवसायीहरुमा हार्दिक अनुरोध गर्दछु ।


…………………….
श्याम पन्थि
पन्थि मोवाईल सन्धिखर्क

 


माथी उल्लेखित पिडितको व्यहोरा जायज ठहर गर्दौ अर्घाखाँचीमा क्रृयासिल हामी तपसिलका व्यबसायीहरुको पूर्ण सर्मथन रहेको कुरा अवगत गराउदछौं ।


तपसिल
१-होटल व्यवसायी समिति अर्घाखाँची …………………
२-इलेक्ट्रोनिक व्यवसायी समिति अर्घाखाँची …………………
३-स्टेसनरी व्यवसायी समिति अर्घाखाँची …………………
४-फेन्सि व्यवसायी समिति अर्घाखाँची …………………
५-सुन चादी व्यवसायी समिति अर्घाखाँची …………………
६-टेलर व्यवसायी समिति अर्घाखाँची …………………

अन्य समाचारहरु