नयाँदिल्ली । भारतको सर्वाधिक खोजीका रुपमा रहेका इन्डियन मुजाहिद्दिनका संस्थापक यासिन भटकल पक्राउ परेका छन् ।
नेपाल र भारतको बिहारको सीमाबाट उनी पक्राउ परेका हुन् । सन् २००८ मा भारतमा इन्डियन मुजाहिद्दिन नामक संस्था खोली बिभिन्न आपाराधिक गतिबिधि गर्दै आएका भटकलले भारतको बिभिन्न शहरमा बम बिस्फोट गराउँदै आएको भारतीय प्रहरीको दाबी छ ।
सन् २००८ मा जाली नोटको तस्करका रुपमा पक्राउ परेका भटकल जमानतमा रिहा भएका थिए । रिहा लगत्तै उनकै निर्देशनमा भारतको नयाँदिल्ली स्थित सर्वोच्च अदालत परिसरमा बम बिस्फोट गराईएको थियो ।
भारतको राष्ट्रिय जाँच एजेन्सी एन.आइ.ए को सर्वाधिक खोजीका रुपमा रहेका भटकललाई हाल बिहारको कारागारमा राखी अनुसन्धान थालिएको छ ।
Agencies