सर्लाही । सर्लाहीका उद्योग वाणिज्य संघका अध्यक्ष रंगलाल अग्रवाल मृत अवस्थामा फेला परेका छन् । उद्योग वाणिज्य संघ नजिकै सडकको खाल्डोमा ज २ प ४७२१ नम्बरको आफ्नै मोटरसाइकलले थिचिएको अवस्थामा अग्रवाल फेला परेका हुन् । कार्यालयबाट फोन आएपछि अग्रवाल राती ९ बजे घरबाट बाहिर निस्किएका थिए ।
तर अबेरसम्म घर नफर्के पछि उहांको खोजी गर्दा अग्रवाल मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाही उद्योग वाणिज्य संघको आज हुने आठौं साधारणसभाको तयारीमा अग्रवाल जुटेका थिए ।
साधारणसभाको एक दिन अघि रहस्मय तरिकाले अग्रवालको मृत्यु भएकोले घटना रहस्यमय बनेको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
RSS, IMAGECHANNEL