राष्ट्रिय जनमोर्चाले चित्रबहादुर केसीलाई यसपटक चुनावमा नउठाउने, समानुपातिकतर्फबाट संविधान सभामा पठाउने

काठमाडौं – राष्ट्रिय जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसीलाई यसपटक चुनावमा नउठाउने भएको छ ।
केसीले १० वर्षदेखि प्रतिनिधित्व गर्दै आएको बाग्लुङ क्षेत्र नम्बर २ मा जनमोर्चाले नरबहादुर पुनलाई उठाउने तयारी गरेको स्रोतले जनाएको छ ।
पुन राष्ट्रिय जनमोर्चाको माउ पार्टी नेकपा मसालका पोलिटब्यूरो सदस्य हुनुहुन्छ । केसीलाई जनमोर्चाले यसपटक समानुपातिकतर्फबाट संविधान सभामा पठाउने तयारी गरेको हो ।