नेपाली कांग्रेसमा सात वटा संघीय प्रदेशसहितको अवधारणा लिएर निर्वाचनमा जाने प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसले सात वटा संघीय प्रदेशसहितको अवधारणा लिएर निर्वाचनमा जाने प्रस्ताव पारित गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले गत चैत्रमा सम्पन्न महासमिति बैठकको सुझाव अनुसार ७ वटा संघको अवधारणा लगायतको राजनीतिक प्रस्ताव पारित गरेको हो । 
सोही राजनीतिक प्रस्तावको आधारमा कांग्रेसले निर्वाचन घोषणा पत्र समेत तयार गर्ने निर्णय गरेको छ । उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिले पारित प्रस्तावलाई आधार मानी सरोकारवालाहरुसँग छलफल गरेर घोषणा पत्र तयार गर्ने बताइएको छ ।
 
बैठकमा कतिपय सदस्यहरुले भने मधेशमा ५ प्रदेशसहित १३ प्रदेशको प्रस्ताव पनि वैठकमा राखेका थिए । प्रदेशहरु बहुपहिचाहन र समाथ्र्यमा आधारित हुने पनि कांग्रेसले स्पष्ट पारेको नेताहरुले जानकारी दिए ।
 
बैठकले लोकतान्त्रिक नेवाः खल, प्रजातान्त्रिक वन प्रविधिक संघ, डेमोक्रेटीक एग्रिकल्चर सोसाइटी र त्रिभुवन विश्व विद्यालय प्रजातान्त्रिक संघलाई शुभेच्छुक संस्थाको मान्यता दिएको छ ।
RSS, IMAGECHANNEL