ललितपुर । आगामी संविधानसभा निर्वाचनमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न महिला अधिकारकर्मी संघ-संस्थाले अभियान सुरु गरेका छन् ।
सञ्चारिका समूह, दिदीबहिनी, साथी र मिडिया एड्भोकेसी ग्रुप लगायतका संघसंस्थाले आज ललितपुरमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी अभियान घोषणा गरेका हुन् ।
संविधानसभामा महिलाको ३३ प्रतिशत सुनिश्चिताका लागि दल, नेपाल सरकार र निर्वाचन आयोगसँग आग्रह गरिने उनीहरुले बताएका हुन् ।
दलहरुले संविधानसभा सदस्यका लागि जिल्ला