जातिवादः एक गम्भिर राष्ट्रिय खतरा

– सागर कुवर
“गणतन्त्रको संस्थागत गरौं, राष्ट्रियताको रक्षा गरौं, संघीयताको विरोध गरौं” भन्ने मुल नाराका साथ राष्ट्रिय  जनमोर्चाले अहिले देश व्यापी रुपमा राष्ट्रिय प्रचारात्मक अभियान संचालन गरेको छ । नेपाली जनताको छ दशक लामो संघर्षको परिणाम संविधानसभाको चुनावलाई सफल बनाउनको लागि, २०६२-०६३ सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धीहरुको संस्थागत गर्नको लागि , राष्ट्रियताको रक्षा गर्नको लागि र नेपाली जनतालाई विभाजन गर्नको लागि आयतित संघीयताको विरोध गर्नको लागि राष्ट्रिय जनमोर्चाले देश व्यापी रुपमा चलाएको राष्ट्रिय प्रचारात्मक अभियान देश र जनताको पक्ष्ँमा भएको स्पस्ट छ । देशको तत्कालिक राष्ट्रिय संकटको निकास नै संविधानसभाको निर्वाचन भएको अवस्थामा राष्ट्रिय जनमोर्चाले संचालन गरेको यो अभियानको महत्व झन बढेर गएको छ । जातिवाद र क्षेत्रीयतावादको शिकार भएर विघटन भएको पहिलो संविधानसभामा राष्ट्रिय जनमोर्चाले खेलेको भुमिका अन्य पार्टीहरुको भन्दा कयौं गुर्णा अगाडि छ  । संविधान निर्माणको लागि राष्ट्रिय जनमोर्चाले जुन प्रकारको विचारहरु प्रकट गरेको थियो, ति विचारहरु सत्य सावित भएका छन । 
अहिले देशव्यापी रुपमा संचालन गरिएको राष्ट्रिय प्रचारात्मक अभियान