सिरिया । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा भइरहेको रासायनिक हतियार प्रयोग रोक्न सैन्य कारबाही गरिने प्रष्ट गरेका छन् ।
ह्वाइटहाउसमा सिरियाबारे प्रतिक्रिया दिंदै ओबामाले कारबाहीका लागि संसदसँग स्वीकृति लिइने बताए । संसदको अनुमति मागिसकेको जानकारी दिँदै उनले स्वीकृती भने लिन बाँकी रहेको बताए ।
दमस्कसमा रासायनिक हतियार प्रयोगको घटनाले आफूलाई मर्माहत बनाएको भन्दै ओबामाले यसलाई अमेरिकी राष्ट्रिय सुरक्षामाथिकै आक्रमणको संज्ञा दिए । यता, सिरियाले आफनो राष्ट्र प्रत्याक्रमणको लागि तयार रहेको जनाएको छ ।
आक्रमणको सामना गर्न सिरियाली सेना तयार रहेको भन्दै सिरियाले आफ्नो देशमाथि हमला गर्न चुनौती पनि दिएको छ ।
Agencies