नयाँदिल्ली । नाबालिकासँग यौन शोषण गरेको आरोपबाट घेरिएका विवादस्पद भारतीय धार्मिक गुरु आशाराम बापूलाई प्रहरीले हिरासतमा लिएको छ ।
हिजो अबेर राति भारत इन्दौरस्थित आश्रमबाट आशारामलाई नियन्त्रणमा लिइएको हो । हिरासतमा लिनुपूर्व जोधपुर प्रहरीले बापूसँग बयानसमेत लिएको थियो । सयौं समर्थकले विरोध गरेपनि प्रहरीले आश्रम घेरेर वापूलाई नियन्त्रणमा लिएको थियो ।
सोधपुछका लागि प्रहरी आश्रम पुग्नेवित्तिकै आशारामले भने बच्नका लागि सत्सँग शुरु गरेका थिए । यसअघि वापूका समर्थकले पत्रकारमाथि समेत आक्रमण गरेका थिए । राजस्थानको आश्रममा आशाराम बापूले आफूमाथि यौन दुराचार गरेको भन्दै १६ वर्षिया एक बालिकाले जोधपुरमा जाहेरी दिएपछि उनी संकटमा घेरिएका हुन् । तर गुरु बापूले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।
Agencies