तर निर्वाचनको सुरक्षा कमान्ड गृह मन्त्रालयले सम्हाल्ने कुरा घिमिरेले बताए । ‘जे हुन्छ, त्यो गृहको कमान्डमा हुन्छ,’ सचिव घिमिरेले भने ।
सेनाको भूमिकाबारे बोल्दै उनले भने, ‘महत्वपूर्ण संरचनाको सुरक्षा, सुरक्षा घेराको बाहिरी वृत्त, गस्ती, पिकेटिङलगायतका काममा सरकारले सेनाको प्रयोग गर्ने सम्भावना छ ।’
पुरानो अनुभवअनुसार निर्वाचनमा तीन तहको सुरक्षा घेरा हुनेछ । पहिलोमा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरा सेनाले सम्हाल्ने कार्ययोजना प्रहरीले बनाइसकेको छ । निर्वाचनअघि, मतदानको दिन र निर्वाचनपछि मतगणनासम्म सेनाले तेस्रो घेरामा रहेर सुरक्षा दिने गृह अधिकारी बताउँछन् । मतपत्र, मतपेटिका ओसारपसार, निर्वाचन स्थलको बाहिरी सुरक्षामा पनि सेना रहनेछन् । सेना स्थल, हवाइ र गाडी गस्ती गरेर जनस्तरमा निर्वाचनमा सुरक्षाको प्रत्याभूति दिने रणनीतिअन्तर्गत तोकिएको क्षेत्रमा परिचालित हुनेछ ।
गृहमन्त्री माधवप्रसाद घिमिरेले नागरिकसँगको हालैको अन्तर्वार्तामा पनि मतपेटिका, मतपत्र पु