एलबी थापा, नागरिकन्युज
प्यूठान – दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम प्यूठानबाट उठ्ने लगभग पक्का भएको छ। यसअँघि नै क्षेत्र नं १ बाटै उमेदवारी बन्न गौतमलाइ निम्तो दिइएकोमा शनिवार सम्मपन्न क्षेत्रीय बैठकले उनलाई सिफारीस गर्ने निर्णय गरेको हो। एमाले केन्द्रिय कमिटीले सबै जिल्लामा ३ जनाको नाम सिफारिस गर्न भनेपनि बैठकले उनको मात्रै नाम सर्वसम्मत सिफारिस गरेकोले उनी प्यूठानबाट उठ्ने लगभग निश्ति भएको हो । दाखाक्वाडी