अखिल नेपाल महिला संघ अर्घाखाँचीद्धारा अ्ध्यक्ष रेग्मीलाई ज्ञापनपत्र

सन्धिखर्क, अर्घाखाँची।  दोश्रो संविधानसभाको निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवारी सुनिश्चितता लगायतका ४ बुँदे माग राख्दै अखिल नेपाल महिला संघ अर्घाखाँचीले चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र पठाएका छन् । 
अघिल्लो निर्वाचनमा पनि ३३ प्रतिशत महिला उम्मेदवार नभएकाले आगामी निर्वाचनबाट महिलाको सहभागिता पूर्ण हुनुपर्ने भन्दै प्रमूख जिल्ला अधिकारी मार्फत चुनावी मन्त्रीपरिषद्का अध्यक्ष रेग्मीलाई महिला संघले ज्ञापनपत्र बुझाएको हो । 
संघकी अध्यक्ष विष्णु आचार्यद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा सामानुपातिक सुचीमा महिलाको नाम पहिलो नम्बरमा सिफारिस गरिनुपर्ने, मनोनितको संख्यामा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने र संविधानसभामा पनि ३३ प्रतिशत महिला सहभागि गराउनु पर्ने बुँदाहरु उल्लेख गरिएको छ । 
Community Radio Arghakhanchi in Sandhikharka contributed to this report.


Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु