सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका महिलाहरुले राज्यका हरेक निकायमा ५० प्रतिशत महिला सहभागीता सुनिश्चितताको माग गरेका छन् ।
अखिल नेपाल महिला संघ अर्घाखाँचीद्धारा सन्धिखर्कमा आयोजित हिंसा रहित समाज निर्माणको लागि नयाँ संविधान, नमुना नेपाल बनाउने हाम्रो अभियान विषयक तिजगित प्रतियोगिताका सहभागिहरुले दलहरु जनताको भावना अनुसार चल्न नसकेको महिला हिंसा बढ्दै गएको, महिला अधिकार कागजमा मात्र सीमित भएको भन्दै, सामाजिक विभेद र महिला मुक्तिको लागि एकजुट भएर अगाडि बढ्नु पर्ने बताए ।
नयाँ संविधान महिला मैत्री बनाउन आगामी संविधानसभाको निर्वाचनमा कम्तीमा ५० प्रतिशत महिलाहरुलाई विजयी गराई पठाउनु पर्ने उनीहरुको माग थियो ।
प्रतियोगीतामा सहभागीहुन गाउँ गाउँका महिलाहरु सदरमुकाम सन्धिखर्कमा आएका थिए ।
कार्यक्रमको एक समारोहका वीच नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य वोम बहादुर वि.क. र एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य पवित्रा पौडेलले मादल बजाएर गित गाई उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य वोम बहादुर बि.क.ले महिला अधिकार सुनिश्चितताको लागि महिला मैत्री संविधानको पक्षमा जोड दिनु भयो ।
सामन्तवादी सोच र पुरुष प्रधान समाजका कारण अझैपनि महिलाहरु अधिकार बाट बञ्ची भएको बताउँदै आफ्नो अधिकार प्राप्तीका लागि संपुर्ण महिलाहरु एकजुट भएर अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो ।
प्रतियोगीतामा संकल्प नेपाल समुह प्रथम, क्रियाशिल समुह द्वितिय, लाली गुराँस समुह तृतिय र प्रगती पुञ्ज समुह सान्त्वना भएका छन् ।
विजयी समुहले क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार र प्रमाणपत्र पत्र पाएका छन् ।
कार्यक्रम अनेम संघका जिल्ला अध्यक्ष विष्णु आचार्यको अध्यक्षता, कोषाध्यक्ष दिपा आचार्यको स्वागत मन्तव्य र सिता श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
Community Radio Arghakhanchi in Sandhikharka contributed to this report.
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।