एकीकृत माओवादीको चुनावी अभियानअघि गर्न खोजेको सांगठनिक कार्यविभाजनको प्रस्तावमा विवाद, नारायणकाजी श्रेष्ठले आपत्ति जनाउँदै बैठकस्थल छाडे

प्रकाश तिमल्सिना, नागरिक
काठमाडौं – एकीकृत नेकपा माओवादीले चुनावी अभियानअघि गर्न खोजेको सांगठनिक कार्यविभाजनको प्रस्तावमा निवर्तमान उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आपत्ति जनाउँदै बैठकस्थल छाडेर हिँडेका छन्। श्रेष्ठ एकाएक बाहिरिएपछि कार्यविभाजन सन्दर्भमा आइतबारदेखि हुने भनिएको केन्द्रीय समिति बैठक सुरु नहुँदै स्थगित भएको छ। पूर्व पदाधिकारी, पूर्व स्थायी समिति, ब्युरो र राज्य संयोजकको संयुक्त बैठकबाटै ब्युरो र राज्य समिति संयोजक चयन गर्न बैठक डाकिएको थियो।
‘चुनावकेन्द्रित कार्यविभाजन गर्न लागेका हौं, अझ अलिकति गृहकार्य पुगेन भन्ने कुरा आयो, त्यसैले बैठक सुचारु हुन सकेन,’ केन्द्रीय सदस्य लोकेन्द्र बिष्टमगरले आइतबार  भने, ‘थप गृहकार्य गरी भोलि बस्छौं ।’ उनका अनुसार कार्यविभाजनका लागि गृहकार्य जारी छ ।
बैठकमा सहभागी स्रोतका अनुसार उपाध्यक्ष श्रेष्ठले मधेस ब्युरो इन्चार्ज चयन, आफ्नो उम्मेदवारी क्षेत्र निर्धारण र भारतसँगको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) बारे अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग असहमति प्रकट गर्दै बैठक छाडेर हिँडेका हुन् ।
दाहाल र भट्टराई ‘भद्र सहमति’ गरेर बैठकमा आउने र त्यही पार्टीमा लागू गर्न खोज्ने प्रवृत्ति देखिएको भन्दै श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको सहभागी एक नेताले बताए ।
अध्यक्ष दाहालले पूर्वपोलिटब्युरो सदस्य हरिबोल गजुरेलले सम्हाल्दै आएको मधेस ब्युरो इन्चार्जमा एमाले परित्याग गरी आएका रामचन्द्र झालाई ल्याउने प्रस्ताव राखेका थिए । श्रेष्ठले उक्त प्रस्ताव ठाडै अस्विकार गरेका छन् । उक्त स्थानमा गिरिराजमणि पोखरेललाई नै दोहो