कृष्णप्रसाद अधिकारीको हत्या निर्देशन दिने हामी हौं पक्राउ गर्ने हो भने हामीलाई पक्राउ गर्नुहोस् : पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं । एकीकृत माओवादीका नेताहरुले भने कृष्णप्रसाद अधिकारीको हत्या तात्कालीन अवस्थामा पार्टीको निर्देशनमा गरिएकाले कुनै कार्यकर्ता विशेषलाई नपक्रन सरकारलाई चेतावनी दिएका छन् । 
‘सरकारले पक्राउ गर्न निर्देशन दिएका व्यक्ति पक्रनु शान्ति प्रक्रिया विपरित हुन्छ’, दाहालको भनाइ उदृत गर्दै उनका स्वकिय सचिव चुडामणि शर्माले  भने- ‘पक्राउ गर्ने हो भने हामीलाई पक्राउ गर्नुहोस्, निर्देशन दिने हामी हौं।’ 
आज विहान मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बालुवाटारमा भेट्दै नेताहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्ने मुद्दालाई उचालेर कुनै कार्यकर्तालाई पक्राउ गरिए सह्यै नहुने चेतावनी दिएका हुन् । 
बालुवाटार पुग्नु भएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले छोराको हत्यारालाई कारवाही गर्न माग राखेर आमरण अनशनरत नन्दप्रसाद र गंगामाया अधिकारीको अनशन तोडाइदिन भने आग्रह गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।
 द्वन्द्वकालको घटनालाई अहिले बल्झाउनु शान्ति प्रक्रिया विपरित हुने पनि माओवादी नेताहरुको भनाइ थियो । यो मुद्दा उठाए १४