काठमाडौं । सरकारले संविधानसभा चुनावको तयारीबारे दलहरुसंग अलग अलग छलफल गरेको छ ।
एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसका नेताहरुसंगको अलग अलग भेटमा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले चुनावी वातावरण बनाउन आग्रह गरे ।
रेग्मीले दलहरुले नै वार्ता गरी असन्तुष्ट राजनीतिक दलहरुलाई चुनावमा ल्याउने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी अध्यक्ष रेग्मीले निर्वाचनको सुरक्षावारे सुरक्षा प्रमुखहरुसंग पनि छलफल गरेका छन् ।
RSS