सिरियामा जारी हिंसाका कारण ५० लाख सर्वसाधारण आफ्नो थातथलोबाट बिस्थापित भएका छन् । त्यसमध्ये २० लाख व्यक्ति त शरणार्थी नै बनेको शरणार्थीसम्बन्धि संयुक्त राष्ट्रसंघीय उच्चायोगले जनाएको छ । उच्चायोगका अनुसार कूल जनसंख्याको एक तिहाई जनता सडकमा बस्न बाध्य बनाइएको छ ।
उच्चायोगका प्रमुख एन्तोनियो गुतेरेसले सडकमा पुगेका सर्वसाधारणलाई सहयोग गर्ने वातावरण समेत नभएको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । यता सिरियाका लागि राष्ट्रसंघीय दूतले जारी हिंसा नरसंहारतर्फ उन्मुख हुँदा लाखौं जनता खानपिनबाटै बन्चित बनेको बताउनुभएको छ ।
लाखौं बालबालिका पढाईबाट बन्चित हुनुका साथै अनाथ बनेका छन् । दिनहुँको हिंसामा परेका बालबालिकाको मानसिक स्थितिबारे पनि सोच्न बिश्व समुदायलाई आग्रह गरिएको छ ।
Agencies