काठमाडौं । न्यायको मागसहित ४३ दिनदेखि आमरण अनसन बसेर वीर अस्पतालको शैयामा मरणाशन्न भएका अधिकारी दम्पतीलाई जबरजस्ती भए पनि खाना खुवाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ।
न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले अधिकारी दम्पतीलाई सकेसम्म सम्झाईबुझाई खाना खुवाउन, नमाने जबरजस्ती भए पनि खुवाउन र अहिलेसम्मको अनुसन्धान विवरण सार्वजनिक गर्न आदेश जारी गरेको हो।
अधिवक्ता रामराज शिवाकोटीले आईतबार सर्वोच्चमा अधिकारी दम्पतीको जीवन रक्षा माग गर्दै रिट दर्ता गरेको थिए।
मंगलबारै छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग राखेर डेढ महिनादेखि आमरण अनशनमा बसेका गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारीले न्याय र जीवन रक्षाका लागि सर्वोच्च अदालतमा निवेदन दिएका थिए। अधिकारी दम्पतीले न्यायका लागि आफूले लामो संघर्ष गरे पनि सरकार र राजनीतिक दलहरुले उदासीनता देखाएको भन्दै सर्वोच्चमा निवेदन दिएका थिए।
अधिकारी दम्पतीको तर्फबाट द्वन्द्वपीडित संघसंस्थाका प्रतिनिधिले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई भेटेर न्यायका लागि भन्दै निवेदन बुझाएका हुन् ।
निवेदनमा घटनाको प्रभावकारी र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ । निवेदनमा न्यायका लागि विभिन्न निकायमा धाउँदा सरकार, राजनीतिक दल र सुरक्षाकर्मीले आफूहरुलाई उल्टै धम्की दिने गरेको पनि उल्लेख छ ।
निवेदनमा अधिकारी दम्पतीले आफूहरु अति सघन कक्षमा उपचार गराईरहेका कारण स्वयं उपस्थित भएर निवेदन दिन नसकेकोले द्धन्द्ध पीडित संघ