डिलाराम, एकीकृत माओवादीमा भए जिल्लाराम !!!

– प्रकाश तिमल्सिना 



संघीयता बिरोधी पार्टी अर्थात चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका महासचिव डिलाराम आचार्य संघीयताको मुलप्रवाह भनेर आफुलाई दावी गर्ने एकीकृत माओवादीमा प्रवेश गरे । लगत्तै, प्रचण्डले उनलाई पोलिटब्युरो सदस्यको जिम्मेवारी पनि दिए । अझ, फुर्काउनलाई तमुवान राज्य समितिका इन्चार्ज जस्तो ठुलो जिम्मेवारी पनि दिए । हिजो संघीयताको बिरोधमा भाषण ठोक्ने, कार्यपत्र पेश गर्ने तथा त्यसको बिरुद्धमा आन्दोलनको नेतृत्व नै गर्ने डिलाराम रातारात संघीयता वकालत गर्ने पो भए ।



बिगत थाहा नपाउनेले त क्रान्तिकारी नै माने, तर हिजोको यथार्थ थाहा पाउनेले उनलाई नडामी छोडने कुरा पनि भएन् । नभन्दै, उनी एमाओवादीमा डामिन पुगेका छन किनभने न उनी कतैवाट प्रत्यक्षको उम्मेदवार सिफारिस हुन सके, न तमुवानको इन्चार्ज नै हुन सके । हिजोको केन्द्रीय समितिले तमुवानवाट हटाएर भीमप्रसाद गौतमलाई लगेको छ । उनले भन्न थालेका छन रे,