अर्घाखाँची ब्युरो
सन्धिखर्क, अर्घाखाँची । आगामी द्रोस्रो संविधानसभा निर्वाचनका लागि नेपाली कांग्रेस अर्घाखाँचीले उम्मेदवारको नाम सिफारिस गरेको छ । आन्तरिक द्धन्द्धका बिच आज बसेको क्षेत्रीय कमिटीको छुट्टाछुट्टै वैठकले संभावित उम्मेदवारको नाम सिफारिस गरेको हो।
काँग्रेस क्षेत्रीय समितिको बैठकले क्षेत्र नं. १ मा १५ जना र क्षेत्र नं. २ मा २८ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ ४ जना र समानुपातीकतर्फ ११ जनाको नाम सिफारिस छ । यस्तै क्षेत्र नम्बर २ मा प्रत्यक्षमा ८ जना र समानुपातीकमा २० जनाको नाम सिफारिस गरिएको छ।
क्षेत्र नं. १ मा लुम्बिनी अञ्चल सदस्य बिष्णु मुस्कान, महासमिति सदस्य डा. रामबहादुर बि.सी, केन्द्रिय सदस्य मानबहादुर बिश्वकर्मा, महासमिति सदस्य तथा पूर्व मन्त्री रेवतिप्रसाद भुसाल नाम सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिक तर्फ पूर्व सभापति पिताम्मर भुसाल, जिल्ला सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मोहमद सफर मियाँ, द्वन्द्व पिडित पम्फा क्षेत्री, महिलाबाट मिरा पाण्डे,महाधिवेशन प्रतिनिधिहरु लक्ष्मी श्रेष्ठ, कल्पना ज्ञवाली, लेखनाथ पोख्रेल, पार्टी सचिव लोकेन्द्र वि.क चन्द्रमान श्रेष्ठ, नेपाल महिला संघकी उपाध्यक्ष राधा आचार्यको नाम सिफारिस गरिएको छ ।
यसैगरी क्षेत्र नं. २ मा प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य पुष्पा भुसाल, महासमिति सदस्य हिम्मत टण्डन, जिल्ला सभापति कमलप्रसाद भुसाल, सचिव बासुदेब आचार्य, महाधिवेशन प्रतिनिधि सुर्यप्रसाद अधिकारी, जिल्ला सदस्य छविलाल पौडेल, जयबहादुर टण्डन जिल्ला सदस्य धर्मराज भुसाल रहेका छन् ।
साथै समानुपातिक तर्फ महाधिवेशन प्रतिनिधिहरु पुर्व केन्द्रिय सदस्य ढुण्डीराज शास्त्री, श्यामनाथ कास्यब, पुर्व सभापति खगेन्द्रराज पाख्रेल, जिल्ला सदस्य रामप्रसाद घिमिरे, प्रितम बहादुर थापा, अशोक कुमार श्रेष्ठ, महिला नेतृ सावित्रा देबी बेल्वासे सिता पराजुली र प्रेष युनियनका अध्यक्ष सुर्य प्रसाद भुसा, कृष्ण प्रसाद शर्मा, अहमद हुसेन, कमल विश्वकर्मा सुसिला खनाल, अमिर हाम्जा, प्रेमनारायण बेल्वास, इनसु मियाँ, ज्ञानबहादुर विक, शान्ता भण्डारी, रामबहादुर दर्नाल रामबहादुर परियारलाई सिफारिस गरिएको छ ।
कांग्रेस केन्द्रिय कार्य समितिले एउटा क्षेत्रबाट तिन जना प्रत्यक्षतर्फ र पाँच जना समानुपातिकमा नाम सिफारिस गर्न निर्देशन दिएता पनि आन्तरिक विवादका कारण सबैको नाम सिफारिस गरेको हो।
उता अन्य दलहरुले यस अघी नै केन्द्रमा संभावित उम्मेदवारको नाम गरी सिफारिस सकेका छन।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।