विराटनगर । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी संविधानसभा चुनावमा मधेशबाट ठूला पार्टी पाखा लाग्ने दाबी गरेका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले ठूला पार्टीका गतिविधिबाट मधेशी जनता दिक्क बनेको बताए ।
चुनावबाटै सबै राजनीतिक समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै ठाकुरले ठूला पार्टीले अब मधेशी जनताको नेतृत्व गर्न नसक्ने दाबी गरे ।
RSS