सिफारिसमा नपरेकी नेपाली कांग्रेसकी सुजाता कोइराला अन्ततः सुनसरीबाट सिफारिस, चुनाब लडने पक्का

अमर खड्का

 

इटहरी- दोस्रो संविधानसभा चुनाबमा मोरङबाट सिफारिसमा नपरेकी नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला सुनसरीको पुरानै क्षेत्रबाट चुनाब लड्ने भएकी छन्। मोरङमा प्रत्यक्षमा उम्मेदवारी बन्ने सोचले सोही ढंगले लविङ् गदै आएकोमा नपरेपछि जिल्ला कमिटीले सुनसरीलाई जुनसुकै अवस्थामा सिफारिस गर्न दबाब दिएपछि कोइराला पुरानै क्षेत्रबाट सिफारिसमा परेकाले चुनाब लडने पक्का भएको हो।

उनलाई सुनसरी क्षेत्र नं. ५ बाट क्षेत्रीय कमिटीले प्रत्यक्ष तथा समानुपातिकमा सिफारिस गरेको जिल्ला सचिब केदार भण्डारीले बताए। उनका अनुसार क्षेत्रीय कमिटीले सिफारिस गरेकै आधारमा जिल्लाले पनि गर्नेछ। कोइराला मोरङ क्षेत्र नं. १ बाट प्रत्यक्षमा उम्मेदवारी बन्ने सोचले उम्मेदवारी सिफारिस गर्ने दौडमा लागेपनि त्यहाँबाट सिफारिसमा परिनन्।


मोरङ क्षेत्र नं. १ बाट प्रत्यक्ष र सुनसरी क्षेत्र नं. ५ बाट समानुपातिकमा उम्मेदवार बन्ने सोचमा कोइराला थिइन्।

 

सुनसरीभन्दा मोरङमा प्रत्यक्षमा उम्मेदवारी बनेमा जित्न सहज हुने भन्दै त्यही ढंगले सिफारिस गराउनका लागि कोइरालाले क्षेत्रीय समिति र जिल्ला कार्यसमितिको पदाधिकारीसँग लविङ् गदैं आएकी थिइन्। तर, नपरेको झोकमा कोइरालाले सोमबार सार्वजनिक स्थलमै मोरङ काँग्रेसका नेता