इराकको बग्दादमा हिंसात्मक घटनामा ६७ जनाको मृत्यु

बग्दाद । इराकको राजधानी बग्दादमा हिंसात्मक घटनामा ६७ जनाको मृत्यु भएको छ । श्रृंखलाबद्ध कार बम बिस्फोटमा ६० जना र अज्ञात बन्दुकधारीको आक्रमणमा सात जनाको मृत्यु भएको हो । बग्दादको सिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा एकै साथ गराईएको बिस्फोटमा परी थुप्रै घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बग्दादको उत्तरी जिल्लामा रहेको हुसेनिया शहरको ब्यस्त बजारमा भएको कार बम बिस्फोटमा ९ जना र तालबिया शहरमा भएको बिस्फोटमा १९ जना मारिएका छन् । बाँकी अन्य शहरमा भएको बिस्फोटमा मारिएका जनाइएको छ । 
सन् २००८ देखिको आँकडा अनसार इराकमा भएको बम बिस्फोटमा हालसम्म ८ सय भन्दा बढी मारिइसकेका छन् । 
यता, इराकमा सिया र सुन्नी समुदायबीचको द्धन्द्धका कारण हुने गरेको यस्ता हिंसात्मक गतिविधि नियन्त्रणमा इराक सरकारले उदासीनता देखाएको भन्दै त्यहाँका जनताले सरकारको कडा आलोचना गरेका छन् । 
स्वतन्त्रपूर्वक हिंड्न पाउनुपर्ने आफूहरुको नैसर्गिक अधिकार हनन हुँदासम्म सरकारले सुरक्षा दिन नसकेको भन्दै उनीहरुले सरकारको आलोचना गरेका बताइएको छ ।
Agencies