काठमाडौं । छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनमा बसेका अधिकारी दम्पतीको अनशन तोडाउने सरकारी प्रयास विफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाको नेतृत्वमा आज विहान वीर अस्पताल गएको सरकारी टोलीले अधिकारी दम्पतीलाई भेटेर खाना खान आग्रह गरेको थियो ।
कृष्णप्रसादको हत्यामा संलग्नलाई कारवाही गर्न सरकारले प्रक्रिया थालिसकेको भन्दै सरकारी टोलीले अधिकारी दम्पतीलाई अनशन तोड्न आग्रह गरेका थिए ।
तर, ४५ दिनदेखि आमरण अनसनमा रहेका अधिकारी दम्पतीले भने अभियुक्तलाई पक्रेर कारवाही नथाल्दासम्म कसैको कुरा पत्याउन नसक्ने भन्दै अनसन नतोड्ने अडान लिए ।
अनशन तोडाउन गृह सचिव नविन घिमिर, प्रहरी महानिरीक्षक कुवेरसिंह रानालगायतका अधिकारीहरु वीर अस्पताल पुगेका थिए । बास्कोटाको टोली हिजो बेलुकी पनि अनसन तोडाउन वीर अस्पताल पुगेका थिए ।
अधिकारी दम्पती सुतिरहेकाले उनीहरु त्यत्तिकै फर्किएका थिए । सर्वोच्च अदालतले हिजो अधिकारी दम्पतीलाई भेटेर अनशन तोड्न लगाउने नभए जर्बजस्ती भएपनि खाना खुवाउन आदेश दिएको थियो ।
उपचार टोलीका संयोजक डा. बुलन्द थापाले भने अधिकारी दम्पतीको अवस्था चिन्ताजनक नरहेको टिप्पणी गरे ।
नौं वर्ष अगाडि मामाघर गएकाबेला कृष्णप्रसाद अधिकारीलाई माओवादीले २०६१ साल जेष्ठमा चितवनमा हत्या गरेको थियो । ४५ दिनदेखिको आमरण अनशनका कारण अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक भएकाले उनीहरुको ज्यान बचाउन र दोषीलाई पक्रेर कारवाही प्रक्रिया तत्काल थाल्न मानवअधिकारवादी र द्वन्द्व पीडित संघ