काठमाडौं । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले मंसिर ४ गतेको चुनावलाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक भएको बताएका छन् ।
डिल्लीबजार कन्या वहुमुखी क्याम्पसको वार्षिकोत्सवमा आज रेग्मीले मुलुकका विद्यमान सक्रमणकालीन अवस्थाको अन्त्य गर्न राजनीतिक स्थिरता आवश्यक भएको बताए ।
अध्यक्ष रेग्मीले समाजलाई चेतनशील, वैज्ञानिक र समृद्ध बनाउन शिक्षण संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
RSS