अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानलाई ६ दशमलव ७ अर्व अमेरिकी डलर बराबरको ऋण सहायता उपलब्ध गराउने निर्णय गरेको छ । पाकिस्तानले आर्थिक स्थिति कमजोर देखाई आईएमएफसँग उक्त रकम बराबरको ऋण माग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पाकिस्तानले मागे बमोजिमको ऋण आईएमएफले तीन किस्तामा उपलब्ध गराउनेछ । सुरुमा ५४ करोड अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको आईएमएफले बाँकी रकम तीन वर्षभित्रमा उपलब्ध गराउने जनाइएको छ ।
आईएमएफले उपलब्ध गराउने रकम पाकिस्तानले विकास