मंसिर ४ मा संविधानसभाको निर्वाचन असम्भव: नेकपा-माओवादी सीपी गजुरेल

काठमाडौं । नेकपा-माओवादीका नेता सीपी गजुरेलले मंसिर ४ मा संविधानसभाको निर्वाचन सम्भव नभएको बताएका छन् । 
राजधानीमा आज आयोजित कार्यक्रममा गजुरेलले विवादित विषयमा दलहरुबीच अझै सहमति बन्न नसकेकाले मंसिर ४ मा निर्वाचन हुनै नसक्ने ठोकुवा गरे ।
चार दलले आफूहरुको मागबारे सकारात्मक धारणा राखे निर्वाचनमा जान पार्टी तयार रहेको पनि उनले बताए । 
सबै सहमति गरेपछि मात्र निर्वाचनको अर्को मिति तोक्नुपर्नेमा उनले जोड दिए । 
RSS