मस्को । रुसमा विकसित राष्ट्रहरुको समूह “जी-२०”को शिखर सम्मेलन सुरु हुन लाग्दा यसका सदस्य राष्ट्रहरुबीच साझा आर्थिक मुद्दा भन्दा सिरियामाथिको सम्भावित सैनिक कारवाहीको विवादको मुद्दाले प्राथमिकता पाउने भएको छ ।
जी-२० को सदस्य राष्ट्र नभए पनि नेताहरुबीच सिरियाको विषयमा व्यापक छलफल हुने अनुमान गरिएको छ । दुई दिने सम्मेलनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रसंघको सहमति बिना अमेरिकाले कारवाही गरे त्यो आक्रमण ठहरिने बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तर, अमेरिकी राष्ट्रपति बाराक ओबामाले अन्तर्राष्ट्रिय समुदायको विश्वसनीयता परीक्षणमा रहेको बताउदै कारवाहीका पक्षमा उभिएका छन् ।
सम्मेलनको पूर्व सन्ध्यामा अमेरिकी सिनेटको एक समितिले सिरियामाथिको सैन्य कारवाहीको लागि अनुमति दिएको छ । तर, पूर्ण अनुमतिका लागि अब यो प्रस्ताव अर्को हप्ता मतदानका लागि सिनेटमा जानेछ ।
सिरियामाथि रासायनिक अस्त्र प्रयोग गरेको आरोप लागे पनि राष्ट्रपति बशार अल असादले आरोप अस्वीकार गर्दै आएका छन् ।
Agencies