गोपाल गड्तौला – झापा, भदौ २० – झापा मेचिनगर २ धुलाबारीकी एक महिलाले एकैपटकमा ४ वटा बच्चा जन्माएकी छन् ।
धुलाबारीकी दीपा कोइराला भट्टराईले बिहीबार दिउँसो साढे ३ बजे नोबेल मेडिकल अस्पताल विराटनगरमा एकैपटक ४ वटा बच्चा जन्माउनुभएको हो ।
पहिलो पटक सुत्केरी भएकी दीपाले ३ वटा छोरा र एउटा छोरी जन्माएको उहाँका काका गोविन्द कोइरालाले जानकारी दिनुभयो ।
तीन छोरा र आमाको स्वास्थ्य सामान्य रहेको तर छोरीको तौल भने ८ सय ग्राम मात्रै रहेकोले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
चिकित्सा विज्ञान अनुसार १० लाख गर्भवतिमध्ये एक जनाले एकैपटक ४ वटा बच्चा जन्माउने संभावना हुन्छ ।