उच्चस्तरीय राजनीतिक समिति र संघीय समाजवादी पार्टीबीच संविधानसभा ६ सय १ सदस्यीय बनाउने सहमति

काठमाडौं  । उच्चस्तरीय राजनीतिक समिति र संघीय समाजवादी पार्टीबीच संविधानसभा ६ सय १ सदस्यीय बनाउने सहमति भएको छ । समिति र संघीय समाजवादी पार्टीबीच आज भएको ५ बुँदे हस्ताक्षरमा संविधानसभालाई फेरि पुरानै आकार ६०१ मा पु-याइने सहमति भएको हो । जसअनुसार अब ११ बुँदे सहमति र २५ बुँदे बाधा अडकाऊ फुकाउ आदेश संशोधन गरी संविधानसभा सदस्य संख्या ६ सय १ बनाईने छ ।
 
संविधानका आधारभुत विषयमा चुनावअघि नै सहमति खोजिने, सर्वदलीय बैठक आयोजना गरिने र विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर सिर्जना गर्न प्रयास गर्ने पनि सहमतिमा उल्लेख छ । 
सहमति पत्रमा समितिका तर्फबाट कांग्रेस नेता रामचन्द्र पौडेल र समाजवादी पार्टीका अध्यक्ष अशोक राईले हस्ताक्षर गरेका छन् ।
 
मधेशी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीसँग सहमति भए पनि नेकपा