रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकल जातीय पहिचानसहितको संघीयता स्वीकार्य नहुने बताएका छन् ।
गृह जिल्ला रौतहटमा भएको कार्यक्रममा नेपालले एकल जातीय पहिचानसहितको संघीयताले मुलुक विखण्डन हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरे ।
एमाले जातीय सद्भावको पक्षमा रहेको भन्दै नेता नेपालले कुनै पनि हालतमा एकल जातीय पहिचानसहितको संघीयता स्वीकार्न नसकिने स्पष्ट पारे ।
अब मंसिर चार गते हुने चुनावलाई कसैले रोक्न नसक्ने उनको भनाइ थियो । RSS