G20 शिखर बैठकमा सिरीयामाथि के कस्तो कार्यवाही गर्ने भन्ने बिषयमा बिश्व नेताहरु बिभाजित

रुसमा G20 शिखर बैठकमा भाग लिने ११ राष्ट्र सिरियामा रासायनिक अस्त्रको प्रयोग प्रति कडा अन्तर्राष्ट्रीय प्रतिक्रियाको आह्वान गर्न एक भएका छन्।


त्यस्तो कार्य दोहोरिन हुन्न भन्ने स्पष्ट सन्देश दिन सो एकता प्रदर्शन गरिएको हो।


एक संयुक्त बिज्ञप्तीमा अमेरिका,बृटेन,फ्रान्स, साउदी अरेबिया र जापान सहित ती राष्ट्रका नेताहरुले भनेका छन्, रासायनिक हतियार जहाँसुकै प्रयोग भए पनि त्यसले हरेक ठाउँका मानिसहरुको सुरक्षामा कमी ल्याइ दिन्छ।


राष्ट्र संघीय सुरक्षा परिषदको कडा कार्यवाहीको समर्थन गरे पनि उनीहरुले भनेका छन्, विश्व निरन्तर बिफल प्रक्रियाहरुलाई पर्खेर बस्न सक्दैन।


त्यस अघि रुसी राष्ट्रपति भ्लाडिमीर पुटीनले सो शिखर बैठकमा उपस्थित धेरै नेताहरु सिरिया बिरुद्धको सैनिक कार्यवाहीको बिरोधमा रहेको कुरा बताएका थिए।


उनले त्यस्तो हस्तक्षेपबाट अन्तर्राष्ट्रीय कानूनको उल्लङघन हुने आफ्नो बिश्वास पनि दोहो-याए।


शिखर बैठकको अन्त्यमा बोल्दै राष्ट्रपति ओबामाले भने,” रासायनिक हतियारको प्रयोग सिरियालीहरुको दुर्भाग्य मात्र नभइ विश्व शान्ती र सुरक्षाको लागि खतरा हो।”


उनले भने, “पुटीन असहमत भए पनि धेरै मानिसहरु राष्ट्रपति असद जिम्मेवार रहेको बिश्वास राख्दछन्।”

संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले सिरिया विरुद्ध सैन्य कारवाहीको कुरालाई राम्रो संग सोंचविचार नगरिएको योजना भन्दै त्यसबाट दुखद परिणाम निस्कन सक्ने चेतावनी द‌िएका छन्।


विश्वका प्रमुख आर्थिक शक्तिहरु, G20 समूहको, रुसमा बैठक भैरहेका बेला उनले त्यस्तो चेतावनी दिएका हुन।


राष्ट्रसंघको औपचारिक निर्णय विना नै अमेरिकाको नेतृत्वमा सिरियामाथि हमला गरिने संभावना देखिंदै गर्दा संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले संबन्धित मुलुकहरुलाई वार्ताद्वारा समस्याको समाधान खोज्न फेरि आग्रह गरेका छन्।
महासचिव बानले भने,