अर्घा गाविसबाट मात्र १० जनाको उम्मेदवार

अर्घाखाँची ब्युरो
अर्घा, अर्घाखाँची । आगामी मंसिर ४ गतेको दोश्रो संबिधानसभा निर्वाचनका लागि अर्घाखाँची जिल्लाको अर्घा गाविसबाट बिभिन्न राजनीतिक दलका १० जनाको उम्मेदवारमा नाम सिफारिस भएको छ । 
यसैक्रममा अर्घाबाट एकीकृत नेकपा माओवादीका ४ नेपाली कांग्रेसबाट ३, नेकपा एमालेबाट २ र राप्रपा नेपालबाट १ जनाको नाम उम्मेदवार सिफारिस भएको हो ।
एकीकृत नेकपा माओवादीले क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचनतर्फ उमेद्वार सिफारिस गरेको केन्द्रीय सदस्य टोपबहादुर रायमाझी, डिलाराम आचार्य, राजु नेपाली र ठाकुर विक अर्घा गाविसकै हुन् ।
त्यस्तै नेपाली कांग्रेसले क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सिफारिस गरेको पूर्व मन्त्री रेबतीप्रसाद भुसाल, समानुपातिक सिफारिस राधा आचार्य र क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ सिफारिस केन्द्रीय सदस्य पुष्पा भुसाल पनि अर्घा गाविसकै हुन् ।
एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमा अर्घा गाविसका भोजबहादुर गन्धर्ब र मिश्रा आचार्यको नाम सिफारिस भएको छ । राप्रपा नेपालबाट अर्घा गाविसकै गणेश थापाको नाम समानुपातिकमा सिफारिस भएको छ ।
समाचार बाहिरी स्रोतबाट लिएको हो।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु