काठमाडौं । शिक्षा मन्त्री माधव पौडेलले मंसीर चार गते निर्वाचन नभए मुलुक दुर्घटनामा पर्ने बताएका छन् । मोर्डन कन्या कलेजको बार्षिकोत्सवमा मन्त्री पौडेलले निर्वाचन सरकार र राजनीतिक दलको मात्र नभई मुलुककै साझा एजेण्डा भएकाले सबै मिलेर वातावरण बनाउनुपर्ने बताए ।
सरकारले निर्वाचनको तयारी गरिरहेको भन्दै पौडेलले तोकिएकै समयमा निर्वाचन हुने बताए । असन्तुष्ट दलललाई निर्वाचनमा ल्याउन सरकारले प्रयास गरिरहेकाले केहि दिनमै सबै दल निर्वाचनमा आउने उनको भनाइ थियो ।