कञ्चनपुर । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दहालले अघिल्लो संविधानसभामा आफूहरुको दुई तिहाई बहुमत नआएका कारण मुलुक संघीयतामा जान नसकेको बताएका छन् ।
बाढी पहिरो गएको महिनौ दिन पछी आज कञ्चनपुरको भुजेला र पिपरीयामा बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले अबको चुनावबाट एकीकृत माओवादी र संघीयता पक्षधरहरुको बहुमत आउने र मुलुक संघीयतामा जाने दाबी पनि गरे ।
दाहालले संविधानसभा चुनावमा भाग लिन सबै दललाई आग्रह समेत गरे ।
RSS, IMAGECHANNEL