संघियताको मुद्धा नछोडेसम्म संविधान नबन्ने राजमोका चित्रबहादुर केसीको दावी

संघियताको मुद्धा नछोडेसम्म संविधान नबन्ने दाबी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका छन् । शनिबार काठमाडौमा आयोजीत पार्टीको चुनावी सभालाई संबोधन गर्दै केसीले संघियताको मुद्धालाई नछोडेसम्म गठन हुने संविधानसभाले संविधान लेख्न नसक्ने बताए ।



कांग्रेस र एमाले जातीय मुद्धाबाट पछि हटिसकेको बताएका उनले अझै एक स्टेप तल झर्न आग्रह गरे । यस्तै केसीले एमाओवादीलाई पनि जातीय हिंसा सृजना गर्ने र देश टुक्राउने संघियताको मुद्धा बोकेर नहिड्न सुझाव दिए ।



अध्यक्ष केसीले द्वन्द्वकालिन मुद्धा ब्युत्याएर आफुहरु पनि तानिन सक्ने डरले एमाओवादी नेता प्रचण्ड बाबुरामले त्यसको बिरोध गरिरहेको टिप्पणी गरे । 



द्वन्द्वकालिन मुद्धा ब्युत्याएर तत्कालिन माओवादीका अधिकांस नेता तथा कार्यकर्ता जेल जाने उनको भनाई छ । केसीले पिडकलाई कारबाही हुनु पर्नेमा जोड दिए ।