नयाँदिल्ली । भारतका प्रधानमन्त्री मनमोहन सिंहले आगामी सन् २०१४ को संसदीय निर्वाचनपछि राहुल गान्धीलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
आफूलाई भने पार्टीले जस्तो जिम्मेवारी दिएपनि खुशी हुने प्रतिक्रिया उनको छ । समाचार संस्था पीटीआईका अनुसार जी-२० को सम्मेलन सकेर स्वदेश फर्कनेक्रममा विमानमै पत्रकारहरुसँग प्रधानमन्त्री सिंहले राहुल गान्धीको नेतृत्वमा काम गर्न पाउँदा आफूलाई खुशी हुने पनि बताए ।
आगामी लोकसभा चुनावपछि कांग्रेस उपाध्यक्ष गान्धीनै प्रधानमन्त्रीका उपयुक्त दावेदार भएको उनले दोहो-याए । ८० वर्षिय सिंहले राहुल गान्धीलाई प्रस्ताव गर्दै आफू भने तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नबन्ने संकेत गरेका हुन् ।
Agencies