कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा पक्राउ परेकालाई जिल्ला अदालत चितवनमा पेश, घटनामा फरार रहेका अरु आरोपीको खोजी तीव्र

चितवन ।  चितवन प्रहरीले कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीलाई आज जिल्ला अदालत चितवनमा पेश गरेको छ ।

 

रामप्रसादलाई अदालतबाट म्याद थप गरी घटना अनुसन्धान अघि बढाईने चितवन प्रहरीका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।

 

 घटनामा फरार रहेका अरु आरोपीको पनि खोजी तीव्र पारिएको कार्कीको भनाइ थियो ।

 

अरु आरोपी जिल्ला छाडेर अन्यत्र बसेकाले पक्राउका लागि केही ढिलाई भएको कार्कीले जानकारी दिए । अरु जिल्लामा समेत अभियुक्तको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

 

कृष्णप्रसादको हत्या २०६१ साल जेठ २४ गते गरिएको थियो ।

 

RSS, IMAGECHANNEL