नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा व्यवसायीहरुले नै तालाबन्दी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा व्यवसायीहरुले नै तालाबन्दी गरेका छन् । कार्यकारी सदस्य मादकपदार्थ सेवन गरी कार्यालयमा बसेको र अभद्र व्यवहार गरेको भन्दै व्यवसायीहरुले संघमा तालाबन्दी गरेका हुन् ।

 

मादकपदार्थ सेवन गरी अभद्र व्यवहार गरेको भन्दै व्यवसायीहरुले प्रहरीलाई खबर गरेपछि व्यवसायीहरुलाई दरबारमार्ग प्रहरीले लिएर गएको थियो । व्यवसायीहरु प्रहरीको गाडीमा नगई आ-आफ्नौ गाडीमा प्रहरी कार्यालय गएका थिए ।

यसैबीच, व्यवसायीहरुले संघमा तालाबन्दी गरेपछि अध्यक्ष बलबहादुर तामाङले कार्यालय प्रागंणमै पत्रकार सम्मेलन गरेका छन् । वैदेशिक रोजगार विभागबाट अन्तिम स्वीकृति दिएपछि अध्यागनमबाट सहज रुपमा विदेश जाने व्यवस्था गर्नुपर्ने भन्दै संघले पहिलो चरणको आन्दोलन घोषणा गरेको हो ।


संघले भिसाको भाषा नेपालीमा नभएको निहुँमा नेपाली कामदारलाई विमानस्थलमा दुःख दिएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।


संघले आफ्नो १८ बुँदे माग तीन दिनभित्र पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।


संघले वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराउने, विभागमा कालोपट्टी बाँधी एक घण्टा धर्नादिने, २८ गते एक दिन व्यवसाय बन्द गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

 

RSS