टीकाप्रसाद भट्ट, ईकन्तिपुर
मन्थली – रामेछापको तिल्पुङ्ग गाविसका एक किशोरले तिजको ब्रत वसिरहेकी आफ्नी आमालाई वन्चरो प्रहार गरी निर्मम हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार तिल्पुङ कटहरेका २४ वर्षीय भोला बुढाथोकीले ४६ वर्षीया आमा सुन्तली वुढाथोकीलाई शरीरका विभिन्न भागमा वन्चरो प्रहार गरी हत्या गरेका हुन् । आमाको हत्या पछि भोला फरार छन् । हत्यामा प्रयोग भएको वन्चरो प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनास्थल पुगेका प्रहरी निरीक्षक थापाका अनुसार घरको माथिल्लो तलामा तुन्तलिको क्षतविच्छेद शव फेला परेको छ । ‘हामी थप विवरण संकलन गर्ने क्रममा छौं’ थापाले भने ।
स्थानीय कटहरे माविका प्रअ राजेन्द्र पौडेलका अनुसार भोला केहि दिन अघि देखि परिवार संग झगडा गर्दै आएका थिए । केहि दिन अघि वावुको मोवाईल फोनको विषयमा आमा संग भोलाको सामान्य झगडा भएको थियो । ‘सायद त्यसैको झोकमा आमाको हत्या गरेको हो कि’ पौडेलले भने । पौडेलका अनुसार भोला नियमित घरमा वस्ननथे । ‘कहिले आउने कहिले कता हिड्ने उसको कुनै टुंगो थिएन’ उनले भने । आमाको हत्या पछि उनीले लगाएको तिलहरी र झुम्का भोलाले लिएर हिडेका छन् ।
प्रअ पौडेलका अनुसार हत्या हुनु भन्दा केहि अघि सुन्तली अरु व्रर्तालु महिला सगैं कुरा गर्न पौडेलको घरमा आएकी थिईन । ‘मेरो घरमा पुजा लगाउने तयारी थियो’ पौडेलले भने – सुन्तलीले म घरमा गएर दहि लिएर आउछु म नआई तिमरु शुरु नगर है भनेर गएकी थिईन कहिल्यै फर्किने भईनन ।
सुन्तली पुजामा आउन ढिला भएपछि एकजना वच्चा लाई लिन पठाएको तर उनीले मकै सुकाएर आउछु भनेर खवर गरेकी थिईन । त्यसपछि पनि नआएपछि खोजीमा जुटेका स्थानीयले उनीलाई घाईते अवस्था देखेका थिए । घाईतेको उपचारका लागि मन्थलीबाट एम्बुलेन्स पनि वोलायौं तर एम्बुलेन्स आई नपुग्दै उनिले प्राण त्यागिन पौडेलले भने ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक विमल कणेलका अनुसार हत्याराको खोजिमा प्रहरी जुटेको छ । ईलाका प्रहरी कार्यालय धोवि, प्रहरी चौकी खिम्ती र जिल्ला प्रहरी कार्यालयबाट हत्याराको खोजि तिव्र पारिएको कणेलले वताए ।