नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगर जिल्लामा साम्प्रदायिक दंगा भड्किएपछि सेना परिचालन गरिएको छ । हिंसात्मक घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको बीबीसीले जनाएको छ ।
५० भन्दा बढी घाईते भएकाले मर्नेको संख्या बढ्न सक्ने सम्भावना रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । हिन्दू र मुश्लिम समुदायबीचको हिंसा भड्किएपछि धेरै गाउँहरुमा कफ्र्यु लगाइएको छ ।
हिंसामा संलग्न रहेको आशंकामा प्रहरीले सय भन्दा बढीलाई पक्राउ परेको जनाइएको छ ।
मुजफ्परनगरको कबाल गाउँमा स्थानीय एक महिलालाई दुव्र्यवहार गरिएपछि उत्पन्न विवादमा दुई समुदायबीच झडप हुँदा तीन युवकको मृत्यु भएको थियो । सो घटना बढ्दै गई साम्प्रादायिक दंगाको रुप लिएको हो ।
हिंसा नियन्त्रणका लागि मुजफ्फरनगरका केही क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । विपक्षीहरुले राज्यमा राष्ट्रपति शासन लागू गर्न माग गरेका छन् ।
भारतमा सन् १९९२ मा भड्किएको हिन्दू