अर्घाखाँचीका वागी र अर्घा गाउँबाटै १७ उम्मेदवार सिफारिस

वीरेन्द्र केसी



अर्घा, अर्घाखाँची ।  संयोग हो या योजना नै त्यस्तो । उम्मेदवारको सिफारिसमा क्षेत्र नं. १ को अर्घा र वागी गाउँबाट १७ जना परेका छन । जसमध्ये अर्घाबाट प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरी १२ जना र वागीबाट प्रत्यक्षमा ३ र समानुपातिकमा २ गरी ५ जना एमाओवादी काग्रेस, एमाले र राप्रपा नेपालबाट सिफारिसमा परेका छन । 



सदरमुकाम नजिकैको पश्चिमी अर्घा र वागी गाविसबाट यति धेरै नेता सिफारिसमा परेका हुन । क्षेत्र नं. १ मा प्रत्यक्षमा एमाओवादीबाट पुर्वमन्त्री टोपबहादुर रायमाझी, पुर्व सांसद डिलाराम आचार्य, राजु नेपाली र ठाकुर विक, काग्रेसबाट पुर्वमन्त्रीद्धय मानबहादुर विक र रेवती भुसाल एमालेबाट नरेन्द्र कुमार क्षेत्री छन । २ मा एमाओवादीबाट चन्द्रबहादुर खडका र गोविन्द केसी, काग्रेसबाट पुर्वसभाषद पुष्पा भुसाल छन । खडका, केसी र क्षेत्री वागीका हुन । समानुपातिकमा काग्रेसबाट १ मा राधा आचार्य, निर्मला क्षेत्री र फम्फा क्षेत्री छन । एमालेबाट भोजबहादुर गन्द्रव, मिश्रा आचार्य र २ बाट काग्रेसमा कमल विश्वकर्मा  र राप्रपा नेपालबाट १ मा गणेश थापा छन । निर्मला र पम्फा वागीका हुन । 



२०६४ को चुनावमा  धेरै जसो प्रत्यक्षमा उम्मेदवार अर्घाका थिए । क्षेत्र नं. १ मा एमाओवादीबाट टोपबहादुर रायमाझी र २ मा काग्रेसकी पुष्पा भुसालले जितेका थिए । उनी दुवै अर्घाका हुन । अहिले पनि यिनै गाउँको कोल्टामा सभाषद पर्ने संभावना बढी छ । रायमाझीले जिल्लामा धेरै विकास योजना भित्राएकाले क्षेत्र नं. १ मा रायमाझीको जित निश्चित भएको भन्दै एमाओवादी आशावादी छ । काग्रेसबाट १ मा अर्घाबाट परेको उम्मेदवारको चर्चा छैन ।   सिफारिसमा परेका लोकप्रिय नेता विष्णु मुस्कान आएमा र २ मा पुष्पा महिला र त्यसमा लोकप्रिय नेता भएकाले काग्रेसीहरु आफुलाई दर्विलो ठान्छन ।  एमालेबाट १ मा नरेन्द्र कुमार क्षेत्री सर्वसम्वत भएकाले संगठित संगठन बलियो भएकाले जित्न सकिने ठम्याईमा एमाले छ । जसले जितेपनि दुई निर्वाचित सभाषद यीनै गाउँबाट पर्नेमा धेरैजसो ढुक्क छन । 



पंञ्चायतकाल देखी गणतन्त्रसम्म अर्घाबाट धेरै पुर्वमन्त्री र केन्द्रिय स्तरका नेता छन भने जिल्लाको नेतृत्व तहमा वागीले लिड गरिरहेको छ । सबै दलमा जिल्ला देखी केन्द्रसम्म यही गाउँ  कै नेता बढी सक्रिय र लोकप्रिय छन । अर्घा र वागी जोडिएका गाविस हुन । आफनै गाउँको चुनावमा उम्मेदवार भएर उठेपछि जुनपाटीको भएपनि जिताउनुपर्छ भन्ने धारणा गाउँलेको छ तर अहिले धेरै उम्मेदवार भएकाले कसलाई भोट दिने भन्नेमा गाउँले अलमलमा छन । जिल्लाको राजनीतिमा यहाँका गाउँको भुमिका कम छैन । देशको नीति निर्माणसम्म पुग्ने व्यक्ति जन्माउने ठाउँ भएकाले यहाँका गाउँलेले आफुलाई गर्व गर्छन । नेता मात्रै नभएर पत्रकार, कर्मचारी क्षेत्रमा पनि बाहुल्यता छ । 



छोराछोरी जन्मिएपछि नेता भएर जनताको सेवा गरेस भन्ने आशिर्वाद दिने परम्पार नै छ यो गाउँको । कुनै समय सांसद, मन्त्री जिल्लाको राजनीतिक नेतृत्व अरु गाविसमा गएपनि घुमिफिरी यही गाउँ मै आउने गर्छन् र्   एमाओवादी नेता ठाकुर कुमार विक भन्छन, यसो हुनुमा भुगोलले होईन सक्रिय भुमिकाले हो । भुरेटाकुरे राजा हुदा अर्घाका राजाले जनताप्रति धेरै दुःख, पीडा दिएपछि जनताले शासक वर्गको विद्रोह गरे र त्यसैबाट पंञ्चायतकालमा नेता भए अहिले पनि देशको अग्रमागी परिवर्तित आन्दोलन देखी विकास निर्माण र राष्ट्रिय राजनीतिमा ऐतिहासिक भुमिका खेलेकाले यो गाउँमा एमाओवादी काग्रेस, एमाले लगायत पाटीमा नेतैनेता भएको विकको भनाई छ । अहिलेपनि जिल्ला स्तरमा धेरै नेता यीनै गाउँकै छन । मंसिर ४ को चुनावमा पनि निर्वाचित सभाषद यही गाउँ कै हुने दावी विकको छ । भुगोलको वनावट राम्रो नभएकाले अरु गाविसमा भन्दा बढी विकास हुन सकेको छैन ।

 




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु