वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । क्षेत्र र जिल्लाबाट सिफारिस उम्मेदवारहरु टिकट सुनिश्चित गर्त राजधानी गएपछि जिल्ला नेता विहीन भएको छ ।
सिफारिमा परेका आफनो पक्षका उम्मेदवारलाई टिकट दिलाउनको लागि केन्द्रिय नेतालाई दवाव दिन समुह नै बनाएर काठमाडौ धाउदा जिल्ला सुनसान छ । कांग्रेसबाट धेरै उम्मेदवार भएपछि आफनो नेताको पक्षमा लबिङ गर्न वरिष्ठ नेता देखी जिल्ला समितिका पुरै नेता काठमाडौमा छन । एमालेबाट क्षेत्र नं.१ म सर्वसम्वत चयन भएका नरेन्द्रकुमार क्षेत्री जिल्लामै छन भन २ बाट सिफारिस डा.दुमन थापा, पिताम्बर भुसाल कांग्रेसको १ बाट सिफारिस विष्णु मुस्कान, डा.रामबहादुर विसी मानबहादुर विश्वकर्मा सहित सात जना र २ बाट पुष्पा भुसाल, वासुदेव आचार्य कमलप्रसाद भुसाल सहित आठ जना दुई साता देखी काठमाडौमै छन । एमाओवादीमा त्यस्तो दौडधुप छैन । १ मा टोपबहादुर रायमाझी र २ मा विष्णुहरि शर्मा भएकाले चुनाव कसरी जित्ने रणनीतिमा छन ।
२०६४ मा टोपबहादुर रायमाझी र पुष्पा भुसाल संविधानसभामा पुगेका थिए तर मंसिर ४ को चुनावमा को पुग्ला भन्ने जिल्लामा व्यापक चासो छ । चिया पसल देखी चोक र गाउँटोलसम्म चुनावी प्रतिष्पर्धाको चर्चा छ । चुनावी प्रतिष्पर्धा
भएकाले केन्द्रीय नेताहरुसँग भेटघाट गरि जिल्लाको चुनावी वातावरणबारे जानकारी र जित्न सक्ने उम्मेदवारलाई टिकट दिलाउन अनुरोधका लागि काठमाडौ आएको काग्रेस क्षेत्र १ का क्षेत्रीय सचिव विष्णु क्षेत्रीले बताए ।
प्रमुख तीनै दलबीच प्रतिष्पर्धा हुने अनुमान धेरैको भएपनि जनमतका हिसाबले एमाओवादी तेस्रो शक्ति भएकाले चुनावी लडाई काग्रेससँग हुने एमालेको दावी छ भने एमाओवादीले काग्रेससँग हुने दावी गर्दै आएको छ । चुनाव जित्न पाटी भन्दा पनि उम्मेदवारमा भर पर्ने धेरैको बुझाई छ । क्षेत्र र जिल्लाबाट सिफारिसमा परेका एमाओवादी काग्रेस र एमालेका उम्मेदवारहरु निर्णय आफनो हातमा पार्न गृहकार्यमा व्यस्त छन । २०६४ को चुनावमा दुवै क्षेत्रमा पराजय भोगेको एमालेले अहिले भरसक दुवै नभएर एउटा क्षेत्रभएपनि हातपार्ने दाउमा छ । काग्रेसले दुवै क्षेत्रमा अरुभन्दा बलियो भएकाले जित्ने दावी गरेको छ । एमाओवादीले क्षेत्र नं. १ मा टोपबहादुर रायमाझीलाई जसरी पनि जिताउने रणनीतिमा लागेको छ । प्रतिष्प्रर्धी पाटीका उम्मेदवारको जोडघटाउ सबैले गरेका छन । भरसक कमजोर उम्मेदवार भए आफुले जित्न सकिने आंकलन तीनै दलको छ । २०६४ को चुनावमा क्षेत्र नं. १ मा रायमाझी र २ मा काग्रेसकी पुष्पा
भुसालले जितेका थिए ।
एमालेका उम्मेदवार क्षेत्रीले रायमाझी मात्रै होईन पुष्पकमल दाहाल आएपनि आफुले चुनाव जित्ने र चुनावी लडाई काग्रेसस