न्यूयोर्क । अमेरिकाको न्युयोर्कस्थित ब्यापारिक भवन ट्वीन टावरलाई लक्षित गरी अल कायदाले आतंकबादी आक्रमण गरेको आज १२ बर्ष पुरा भएको छ । अल कायदाले विमान अपहरण गरी सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्क र बासंगटनमा आतंकबादी आक्रमण गराएको थियो । आतंकवादीले नियन्त्रणमा लिएका दुई वटा विमान एक पछि अर्को गरी विश्व ब्यापार संगठनको कार्यालय रहेको जुम्ल्याहा अग्ला भवनहरुमा ठोक्काईदा त्रासदीपूर्ण अवस्था सिर्जना भएको थियो ।
आतंकबादी योजनामा गराईएको घटनामा परी विमानमा रहेका सबै यात्रु र भवनमा रहेका ब्यक्तिहरु गरी ३ हजार जनाको मृत्यु भएको थियो । आतंकबादीहरुले त्यतिखेर अमेरिकाका लागि उडेका चार वटा विमान अपहरण गरेका थिए । सो घटनापछि अमेरिकाले अलकायदा विरुद्धको कारबाही तीब्र पारेको थियो ।