रक्सी र तासले आक्रान्त अर्घाखाँचीको खाँचीकोट

खाँचीकोट  अर्घाखाँची । अर्घाखाँची जिल्ला अन्तर्गत पर्ने खाँचीकोट गाविसको वार्ड नं. ५ सहित केहि वार्डहरु रक्सी र तासले गर्दा यहाँका महिलाहरु आजित बनेका छन ।
 


अर्घाखाँची जिल्लाको खाचिकोट गाबिस स्थित डिहिडाँडा ।

खाँचीकोट अन्तरगत वार्ड नं. ५ मा पर्ने र्फज्याङ्ग वजार जुन सदरमुकामबाट मात्र ३ कि.मि. दुरिमा पर्दछ । यहाँ दैनिक १ मुरी रक्सी विक्रि हुन्छ भने दिनमा ४ ग्रुपसम्म तासमा मस्त हुन्छन ।
 
अचम्म लाग्दो  कुरा त के छ भने सन्धिखर्क गाविसको छापडाँडा बाट दैनिक १२ देखि ४ बजे भित्र १० – १२ पाथी सम्म रक्सी आयात गर्दा न त  प्रहरीले देख्छ न प्रशासनले नै । मानिसहरु दिनभर तास खेल्ने साँझ रक्सी सेवन गर्ने अनि घर घरमा गएर श्रीमती कुटने बाबुआमा लखेट्ने र छिमेकीलाई दुःख दिएर हैरान पार्ने गरेका छन ।
आफ्नै श्रीमान र छोरा बाट दैनिक जसो कटाई खाँदा पनी जड्याहाको सामु कसैको बोल्ने हिम्मत छैन । मात्र उनिहरुको मनमा डर र त्रास छ र २४ घण्टा कता कहाँ बाट के हुने हो भनि त्रासपुर्ण जिवन विताउन वाध्य छन । अझ घत लाग्दो कुरा त यति हुँदाहुदै पनि यहाँका आमा समुह लगायत अन्य महिला समुह समेत चुप लागेर बसेका छन ।
 
यसको कारण रक्सी सेवन गरी हल्ला गर्ने नै उनिहरुकै भाई छोरा र श्रीमान हुन । स्मरण रहोस यहाँका ५० वर्ष भित्रका २/४ जना युवाले वर्षेनी रक्सीकै कारण ज्यान गुमाईरहेका छन ।
 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु