काठमाडौं । नेकपा माओवादी सहितका ३३ दलले सर्वदलीय गोलमेचसभा मार्फत राष्ट्रिय सहमति कायम गर्नुपर्ने माग राख्दै आज उपत्यका वन्द गरेका छन् । आफुहरुले राखेको १८ बुदे मागलाई बेवास्ता गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । वन्दको कारण विहानै देखि उपत्यकाको जनजिवन प्रभावित भएको छ । आज विहान राजधानीमा सवारी साधन फाट्टफुट्ट मात्र चलेका छन् ।
गोलमेच सम्मेलन अश्विकार गरेका ४ दललाई पुर्नबिचारका लागि समय दिदा पनि वास्ता नगरेको भन्दै मंसिर ४ मा हुने भनिएको संविधानसभा चुनाव विथोल्ने चेतावनी ३३ दलले दिएका छन् । राष्ट्रिय सहमति बिना हुने चुनावको अर्थ नभएको उनीहरुको तर्क छ । आजको बन्दमा एम्बुलेन्स प्रेस, कुटनितिक नियोग, मानवअधिकारबादी संघसस्था, अस्पतालका सवारी साधन, पानी र दुध बोक्ने ट्याङकरलाई भने कुनै अबरोध नगरिने ३३ दलले जनाएका छन् ।
उता, ३३ दलीय मोर्चामा आबद्ध मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पूर्वाञ्चल बन्द गरेको छ । बन्दका कारण पूर्वका ताप्लेजुङ, पांचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटालगायत १६ जिल्लामा यातायातका साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्था र बजार ठप्प छन् ।
उता, अरुण पूर्वका ९ जिल्लामा भने संविधानसभाको निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गरे प्रतिकार गर्ने मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले चेतावनी दिएको छ । हिजोमात्र संघिय गणतान्त्रिक मोर्चाले पूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेको थियो ।
समाचार स्रोत: नेपाली संचारमाध्यमहरु