ठुलापोखरा, अर्घाखाँची। अर्घाखाँची जिल्लाको ठुलापोखरामा विहिबार एक्कासी चुलोमा ग्यास पड्केर सुत्केरीको ज्यान गएको छ । ठुलापोखरा गाविस वडा नम्वर ३ निवासी २२ वर्षिया उमा थापाको ज्यान गएको बुटवल अनलाइनले समाचार प्रकासित गरेको छ।
एक्काईस दिन अघि पहिलो सन्तानका रुपमा छोरीको जन्म दिएर उनैलाई काखमा खेलाउदै बसेकी थापाको चुलोमा रहेको स्वास्तीक नामको ग्यास चुलो पड्केर अर्घातोष प्रहरी ईलाका प्रहरी कार्यालयलाई उदृत गर्दै स्थानिय समचार सहयोगी दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
थापाका श्रीमान सुनिल कुमार थापा नोकरी खोज्ने शिलसिलामा काठमाण्डौ गएको श्रेष्ठले बताए । उनको मृत्युले २१ दिने शिसु विचल्लीमा परेकी छन् । ग्यास जलाएको अवस्थामा नभई त्यतिकै पड्कीएको बताइएको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।