नेकपा-माओवादी निकटको सुकुम्बासी तथा किसान संगठनद्धारा काभ्रेका विभिन्न ठाउँमा ५ सय रोपनी जग्गा कब्जा

काभ्रे । नेकपा-माओवादी निकटको सुकुम्बासी तथा किसान संगठनले काभ्रेका विभिन्न ठाउँमा आज ५ सय रोपनी जग्गा कब्जा गरेका छन् । 
माओवादी कार्यकर्ताले चण्डेनी मण्डन, वालुवा, ५२ किलो लगायतका ठाउँमा गरी झण्डै ५ सय रोपनी जग्गा कब्जा गरेका हुन् । 
माओवादीले कब्जा गरेको वालुवा गाविसको जग्गामा आँपघारी रहेको छ भने कर्केटारको जग्गा राणाहरुको नाममा रहेको छ । 
त्यस्तै चण्डेनी मण्डन-१ मा रहेको शंकरमणि पौडेलको जग्गा पनि कब्जा गरिएको छ ।
युद्धकालमा कब्जामा राखेका जग्गा एकीकृत माओवादीको मिलेमतोमा बिक्री गर्न थालेको भन्दै वैद्य समूहका कार्यकर्ताले कब्जा गरेका हुन् । 
नेकपा-माओवादीले जग्गामा झण्डा गाडेर फर्केपछि गएको प्रहरी टोलीले भने झण्डा हटाएको छ ।
RSS, IMAGECHANNEL