अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको चुनाव प्रचार कार्यक्रम, एमालेसँग तालमेल हुन सक्ने चित्रबहादुर केसीको भनाई

– वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंसिर ४ मा हुने चुनावको लागि एमालेसँग तालमेल हुन सक्ने खुलासा गरे । उनले एमालेसँग औपचारिक रुपमा छलफल गरेर क्षेत्र टुंगो लागउने बताए । 

 


 

चुनाव प्रचारका लागि अर्घाखाँची आएका केसीले मोर्चाले गरेको पत्रकार सम्मेलनमा बोल्दै सबैभन्दा नजिकको एमाले हो, अनौपचारिक कुराकानी भएका छ बसेर छलफल गरी तालमेलको आधारमा चुनावी मैदानमा जाने बताए । उनले मंसिर ४ गते चुनाव गर्नुको विकल्प नभएको बताउदै वैद्य माओवादी चुनावमा आउनुपर्ने दावी गरे । देशलाई निदलीय सरकारबाट मुक्त गर्न चुनाव गर्नुपर्ने र त्यसपछि जनताको प्रतिनिधि मुलक संसद भएपछि दलीय सरकार स्वत बन्ने भएकाले चुनावमा बहिष्कार गर्नु फासिष्ट प्रवृति हो, केसीले भने, २०६२ /०६३ को आन्दोलनबाट गणतन्त्र आएको छ यो ठुलो उपलब्धी हो यसलाई सस्थागत गर्न चुनावको विकल्प सोच्नु मुर्ख कुरा हो । उनले जातीय संघीयताले देश टुक्रा टुक्रा पर्ने र मुलुक जातीय द्धन्द्धमा फस्ने भएकाले जातीय मुठभेटबाट जोगाउन संघीयता खारेज गर्नुपर्ने माग गरे । 

 


 

संघीयताको विरोध गर्दा पुर्वको झापा, ईलाम लागयतका ठाउमा राष्टिय जनमोर्चाको कार्यक्रम जातीय समुहले विथोले र पाटीका नेता रामबहादुर बुढामाथिको आक्रमणले पष्ट हुन्छ संघीयतामा देश नजादै यो लिम्बुवान क्षेत्र हो भन्दै लखेटुनले नै देखाएको छ साच्चै घोषणा हुने हो भने जात जातीबीच द्धन्द्ध फैलिदा बसिनसक्नु हुन्छ, उनले भने ।

 


 

उनले विदेशीले नेपालमा जातीय द्धन्द्ध फैलाएर आफनो प्रभुत्व जमाउन खोजेको आरोप लगाए । जनताले संघीयता चाहेका छैनन, केन्द्रिकृत शासण प्रणालीलाई विकेन्द्रिकरण गरी विकास चालेका छन यही देशमा संघीयता लागु भए आन्दोलन गरेर खारेज गर्न दावी गरे । काग्रेस एमालेले पछिल्लो पटक जातीय राज्य हुदैन भन्नु स्वागतयोग्त छ । उनले चार दल दिल्लीको ईसाराका चलेको आरोप लगाए । पत्रकार सम्मेलनमा राजमोले क्षेत्र नं.१ मा महासचिव सन्तबहादुर नेपाली र २ मा लुम्बिनी अञ्चल उपाध्यक्ष शेरबहादुर विसलाई उम्मेदवार घोषणा गरेको छ । 

 








यस अघि प्रकासित समाचार  





विनोद गैरे अर्घाखाँची



राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले केहिबेरमै सदरमुकाम सन्धिखर्कमा विशाल जनसभा साथै सास्कृतिक कार्यक्रम सम्पन्न गर्दैछ ।




सभालाई सम्वोदन गर्न रा.ज.मोका केन्द्रिय अध्यक्ष चित्रबहादुर के.सी. सदरमुकाम सन्धिखर्कका आईसकेको रा.ज.मो. अर्घाखाँचीले जानाकारी दिएको छ । 



साथै आजको जनसभामा अर्घाखाँची जिल्ला भर वाट करिव ३० हजार कार्यकर्ता सन्धिखर्क भित्रिने रा.ज.मो ले दावी गरेको छ ।







Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु