संविधानसभा निर्वाचन सञ्चालन एवं व्यवस्थापन सम्बन्धी क्षेत्रीय प्रशिक्षण पोखरामा

पोखरा । पोखरामा आजदेखि संविधानसभा निर्वाचन सञ्चालन एवं व्यवस्थापन सम्बन्धी दुई दिने क्षेत्रीय प्रशिक्षण सुरु भएको छ । 
निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउन प्रशिक्षण आयोजना गरिएको हो । 
प्रशिक्षण कार्यक्रममा निर्वाचन आयुक्तद्वय दोलखबहादुर गुरुङ र डा. रामभक्त पिवी ठाकुरले आयोगले निर्वाचनको प्राविधिक तयारीलाई अन्तिम चरणमा पु-याएको बताए । 
आयुक्तद्धयले असोज १ गतेदेखि देशका सबै क्षेत्रमा निर्वाचन कार्यालय खोलिने जानकारी पनि दिए । 
प्रशिक्षण कार्यक्रममा पश्चिमाञ्चल विकास क्षेत्र जिल्ला र क्षेत्रिय निर्वाचन अधिकृतहरु सहभागी छन् ।
RSS